 
																			२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसले एकीकृत समाजवादीसँगको छलफल सकारात्मक भएको जनाएको छ ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको भेट पछि कांग्रेस नेता रमेश लेखकले दुई दलबीचको कुराकानी सकारात्मक भएको र छलफललाई निरन्तरता दिने बताए । ‘छलफल सकारात्मक छ । राजनीतिक घटनाक्रमका बारेमा छलफल कुराकानी भएको छ । छलफललाई हामी निरन्तरता दिन्छौं,’ लेखकले भने ।
नेपाललाई भेट्न उनको निवास कोटेश्वरमा कांग्रेस सभापति शेरबहादुर देउवा, आरजु राणा र लेखक पुगेका थिए ।
विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनु स्वभाविक भएको लेखकले बताए । गठबन्धन टुट्नुको आधिकारीक धारणा पार्टीको कार्यसम्पादन समितिको बैठकबाट दिइसकेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4