+
+

सुदूरपश्चिममा माओवादीले फिर्ता लियो सरकारलाई दिएको समर्थन

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २३ गते १२:३२

२३ फागुन,  धनगढी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

केन्द्रमा सत्ता समीकरण बदलिएसँग सुदूरपश्चिममा माओवादीका मन्त्री बर्खास्तीमा परेका थिए । मंगलबार मुख्यमन्त्री कमलबहदुर शाहले मन्त्री बर्खास्त गरेपछि माओवादीले आज समर्थन फिर्ता लिएको हो ।

सुदूरपश्चिममा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीका मन्त्री यथावत छन् । यी दुई दलले समर्थन कायम राखे मुख्यमन्त्रीलाई बहुमुत पुग्छ ।

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?