
२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बिहीबार विहान ९ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाइएको हो ।
बैठक संसद भवनस्थित ल्होत्से हलमा बस्ने नेपाली कांग्रेसले जनाएको छ । सत्ता गठबन्धनबाट कांग्रेस बाहिरिएपछि संसदीय दलको बैठक पहिलोपटक बोलाइएको हो ।
संसद बैठक पनि विहीबार नै बस्दैछ ।
विकसित राजनीतिक घटनाक्रम, संसदमा पार्टीको भूमिका लगायतमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4