+
+
Shares

प्रचण्डले गिरिजाप्रसाद कोइरालाले दिएको जिम्मेवारी पूरा गर्दै हुनुहुन्छ : देवेन्द्र पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २४ गते १४:४३

२४ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले राजनीतिक बेइमान भनी गरेको टिप्पणीको खण्डन गरेका छन् ।

आफूसँगको सत्ता गठबन्धन तोडेर एमालेसँग नयाँ गठबन्धन बनाएपछि कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई राजनीतिक बेइमान भनी टिप्पणी गरेको छ । बिहीबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै माओवादी सांसद पौडेलले कांग्रेसले गरेको टिप्पणीको खण्डन गर्दै कांग्रेसकै नेता गिरिजाप्रसाद कोइरालालाई स्मरण गरे ।

गिरिजा प्रसाद कोरालालाई सबैले सम्मान गर्ने र आफूहरुले भन्दा बढी कांग्रेसले सम्मान गर्ने बताए ।

माओवादी सचिव पौडेलले थपे, ‘गिरिजा प्रसाद कोइरालाले ठीकै व्यक्ति छान्नुभएछ । अब यो देश सबै हिसाबले तपाईंले सम्हाल्नु होला भनेर कमरेड प्रचण्डलाईलाई जिम्मा लगाएको कुरा साँचो हो ।’

प्रधानमन्त्री प्रचण्डले आफू बाचुन्जेल उथलपुथल हुन्छ भनी दिएको सार्वजनिक अभिव्यक्तिको बचाउ गर्दै उनले भने, ‘कोही पनि आतंकित हुन जरुरी छैन् । गिरिजाप्रसाद कोइरालाले दिएको जिम्मेवारी प्रधानमन्त्रीले पूरा गर्दै हुनुहुन्छ ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?