+
+

६ महिनामा पोखरा विमानस्थलबाट ९ अन्तर्राष्ट्रिय उडान, भैरहवाबाट कति ?

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २४ गते १५:३९

२४ फागुन, काठमाडौं । नेपालका दुई अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवाबाट नियमित उडान हुन सकेका छैनन् । पछिल्लो ६ महिनामा पोखराबाट ९ वटा अन्तर्राष्ट्रिय उडान हुँदा भैरहवाबाट १९२ वटा मात्र अन्तर्राष्ट्रिय उडान भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको तथ्यांक अनुसार अघिल्लो वर्ष पुस (अंग्रेजी नयाँ वर्ष) मा उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सो वर्ष २ वटा मात्र अन्तर्राष्ट्रिय उडान भएका थिए । अहिले केही चार्डर्ट उडानहरु भए पनि नियमित उडान अझै सुरू हुन सकेको छैन ।

उता, भैरहवामा यस वर्ष ६ महिनाको अवधिमा १९२ वटा मात्र अन्तर्राष्ट्रिय उडान भएका छन् । गत वर्ष यो विमानस्थलबाट ३१६ अन्तराष्ट्रिय उडान भएको थियो । यस वर्ष सोही संख्याले निरन्तरता पाउने अपेक्षा सरकारको छ । तर, ६ महिनामा १९२ वटा मात्र अन्तर्राष्ट्रिय उडान सम्भव रहेको तथ्यांकले देखाएको छ ।

नेपालको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट भने दैनिक ७० भन्दा माथि अन्तर्राष्ट्रिय उडान/अवतरण हुने गर्छन् । जसले गर्दा ट्राफिक चाप काठमाडौंमा थुप्रिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?