+
+

पोखरा विमानस्थलबाट झण्डै २८ करोडको वस्तु आयात, गौतमबुद्धबाट साढे ८ लाख मात्र

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ९ गते १५:२२
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल/फाइल तस्वीर

९ पुस, काठमाडौं । नेपालका तीन अन्तर्राष्ट्रिय विमानस्थलमध्ये त्रिभुवन विमानस्थलपछि पोखराबाट बढी अन्तर्राष्ट्रिय व्यापार भएको देखिएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चालु आर्थिक वर्षको पहिलो ५ महिनामा २७ करोड ७४ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान छैन । तर, यहाँ पर्यटन प्रयोजनका लागि बेला बेला चार्टर्ड उडानहरु भइरहेका छन् ।

यी उडानमार्फत व्यवसायीले सो मूल्य बराबरको सामान भित्राएको भन्सार विभागको तथ्यांकमा देखिएको छ । यो विमानस्थल हुँदै निर्यात भने भएको छैन ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भने मात्र ८ लाख ४२ हजार रुपैयाँ बराबरको वस्तु यस अवधिमा आयात भएको छ । निर्यात भने शून्य रहेको छ । नियमित उडान निरन्तर प्रभावित हुँदा गौतमबुद्धबाट अपेक्षित वैदेशिक व्यापार हुन नसकेको हो ।

त्रिभुवन विमानस्थलबाट हुन्छ अर्बौंको व्यापार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भने अर्बौं रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय व्यापार हुन्छ । तथ्यांक अनुसार मंसिरसम्म यो विमानस्थलबाट ५७ अर्ब ४८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो कुल आयातको ८.९५ प्रतिशत हो ।

यस वर्ष ५ महिनामा ६ खर्ब ४२ अर्ब रुपैयाँको आयात भएको छ । यस विमानस्थलबाट ५ महिनामा १५ अर्ब ७० करोड रुपैयाँको वस्तु निर्यात भएको छ । यो कुल निर्यातको २४.८४ प्रतिशत हो । समीक्षा अवधिमा ६३ अर्ब २० करोड रुपैयाँको वस्तु निर्यात भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?