+
+

सुदूरपश्चिम मन्त्रिपरिद विस्तारको तयारी, नाउपाका घनश्याम अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २५ गते २०:२७
घनश्याम चौधरी ।

२५ फागुन, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी आर्थिक मामिला मन्त्रालय र खुसिराम चौधरीलाई बिना विभागीय मन्त्री नियुक्त गरिएको स्रोतले जनाएको छ ।

इन्दिरा गिरी विना विभागीय राज्यमन्त्री नियुक्त गरिएको छ । उनीहरूको सपथ साढे ८ बजे राखिएको छ ।

भूमि व्यवस्था, कृषि र सहकारी राज्यमन्त्री कैलाश चौधरीलाई भने नउपाले फिर्ता बोलाएको छ ।

मुख्यमन्त्री शाहले राप्रपाकी खेमादेवी बिष्ट र स्वतन्त्र सांसद ताराप्रसाद जोशीलाई मन्त्रीमा नियुक्त गर्ने तयारी गरेका थिए ।

तर दुबैले नाउपाको निर्णय स्पष्ट होस भनेपछि मुख्यमन्त्री शाहले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?