+
+

सदस्यता शुद्धीकरण विवादमा पत्रकार महासंघ सप्तरीको कार्यालयमा तालाबन्दी

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २६ गते ९:३२

२६ फागुन, जनकपुरधाम । सदस्यता शुद्धीकरण र सिफारिस विभेद र पक्षपात गरेको भन्दै नेपाल पत्रकार महासंघ सप्तरी शाखाको कार्यालयमा तालाबन्दी गरिएको छ ।

शुद्धीकरणमा परेका महासंघका पूर्वअध्यक्ष विष्णुकुमार मण्डल, जितेन्द्र खड्गा र शिव नारायण साहसहितको नेतृत्वमा बिहीबार शाखामा तालाबन्दी गरेका हुन् ।

सप्तरी शाखाले तीन वर्ष वितिसक्दा पनि एकपटक पनि साधारणसभा नगरेको, सदस्यता शुद्धीकरणको नाममा पक्षपात गरी सदस्यता नवीकरण नगरेको, योग्य पत्रकारहरुलाई सदस्यता प्रदान नगरेको भन्दै साधारणसभा घोषणा गरी महासंघमा कायम सम्पूर्ण सदस्यहरुलाई सहभागी गराउन माग गर्दै तीन दिने अल्टिमेटमसहित महासंघका अध्यक्ष श्रवण कुमार देवलाई यसअघि उनीहरुले ज्ञापनपत्र बुझाएका थिए । माग पूरा नभएको भन्दै उनीहरुले तालाबन्दी गरेका छन् ।

यता पाँच संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै ताला खालेर वार्ताको माध्यमबाट अगाडि बढ्न आग्रह गरेका छन् ।

प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर, समाजवादी प्रेस संगठन र प्रेस मञ्च सप्तरीले संयुक्त विज्ञप्ति जारी गरी केन्द्रीय कार्यालयकै निर्देशन अनुसार देशभर चलेको शुद्धीकरण अभियान अनुसार नै शुद्धीकरण गरेको र त्यसमा सबै संगठनले सहमति पनि गरेको बताएका छन् ।

पत्रकारिता पेसा छाडेर अन्य पेसामा गएकालाई आफैं सदस्यता त्याग गर्नुपर्नेमा सदस्यता रहिरहन माग गर्नु उचित नभएको संगठनहरुको ठहर छ ।

सप्तरी शाखाले साधारणसभा गर्ने मिति निर्धारण गरिसकेपछि केन्ऽले नै रोक्न निर्देशन दिएपछि गर्न नसकेको, नयाँ सदस्यता दिने विषयमा महासंघले प्रक्रिया अगाडि बढाइसकेको भनी महासंघको विज्ञप्तिबाट यसअघि नै सार्वजनिक गरिसकेकोले तालाबन्दीबाट उक्त काम पनि प्रभावित हुने संगठनहरुले जनाएको छ ।

‘महासंघले मागलाई सकारात्मक लिदैं एक चरणको वार्ता पनि गरेको हामीलाई अवगत भएको छ । अर्काे चरणको वार्ता बसी समस्या समाधान गर्नुपर्नेमा त्यसतर्फ ध्यान नदिइ एक्कासी ताला नै लगाउनु ठीक होइन्,’ विज्ञप्तिमा लेखिएको छ, ‘केही कुरामा असहमति भए वार्ता र संवादको माध्यमले समाधान खोज्नुपर्नेमा वा अन्य रचनात्मक आन्दोलन गर्नुपर्नेमा सोझै कार्यालयमा ताला लगाउनु न्यायसंगत हुनै सक्दैन् । यसर्थ कार्यालयमा लगाइएको ताला खोली वार्ता र सम्वादको माध्यमले अघि बढ्न हामी यसै संयुक्त प्रेस विज्ञप्तिमार्फतसम्बद्ध पक्षसँग हार्दिक अनुरोध गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?