+
+

माओवादीले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार भोलिसम्म टुंगो लगाउने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २६ गते १७:४७
माओवादी संसदीय दलको बैठकको फाइल तस्वीर ।

२६ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार भोलिसम्म टुंगो लगाउने बताएको छ ।

शनिबार बसेको माओवादी संसदीय दलको बैठकमा अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले भोलिसम्म उम्मेदवार टुंगो लगाउने बताएका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूले उम्मेदवारबारे भोलिसम्म निर्णय हुन्छ भन्नुभएको छ’, पाण्डेले भने ।

एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता सामाजवादी पार्टीबीच राष्ट्रियसभा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष नेकपा एमालेले लिने सहमति भएको थियो । माओवादी केन्द्रमा अध्यक्ष पदका लागि मुख्य ३ जना आकांक्षी देखिएका छन् ।

हालकी उपसभामुख उर्मिला अर्याल, झक्कुप्रसाद सुवेदी र नारायण दाहालले अध्यक्ष पदका लागि आकांक्षा राखेको स्रोतको भनाइ छ ।
राष्ट्रियसभा निर्वाचनको मिति २९ फागुनका लागि तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?