+
+

सातै प्रदेशमा नयाँ सरकार गठन हुन्छ : बादल

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २६ गते १७:५५

२६ फागुन, गुल्मी । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले सातै प्रदेशमा नयाँ सरकार गठन हुने बताएका छन् ।

शनिबार लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश कमिटीको दोस्रो अधिवेशनको गुल्मीमा उद्घाटन गर्दै उनले सबै प्रदेशमा एमाले–माओवादी गठबन्धनको सरकार बन्ने बताएका हुन् ।

अहिले आर्थिक र राजनीतिक संकटको समयमा नयाँ गठबन्धन बनेकाले विकासको अभियान अगाडि बढाएर सबै संकट हटाउनुपर्ने उनको भनाइ छ ।

देशलाई आर्थिक संकटबाट मुक्त गराउने, सामाजिक र साँस्कृतिक अराजकता हटाउने र देशलाई समृद्धितर्फ उन्मुख गराउने नेकपा एमालेको योजना अब पूरा हुने उनकोे दाबी छ ।

उनले एमालेलाई बहुमत ल्याएर एकल राष्ट्रिय सरकार बनाउने गरी मिसन २०८४ सफल पार्न कार्यकर्ताहरुलाई आग्रह गरे ।

गुल्मीमा सुरु भएको लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश कमिटीको दोस्रो अधिवेशनका लुम्बिनी प्रदेशका ११ जिल्लाका प्रतिनिधि गुल्मी आएका छन् ।

अधिवेशनमा करिब १ सय ६० प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ । अधिवेशन नयाँ नेतृत्व चयन गर्दै आइतबार सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?