+
+

बालाजु बाइसधारामा मेला, सवारी डाइभर्सन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ११ गते ८:१८

११ वैशाख, काठमाडौं । काठमाडौंको बालाजु बाइसधारामा आज मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बाइसधारामा मेला लाग्ने गर्दछ । यो मेला पाँच दिनसम्म चल्ने छ ।

स्थानीय नेवार समुदायले ‘ल्हुति पुन्हि’ पनि भन्ने यो मेला भर्नेहरुको आज बिहानैदेखि घुइँचो छ । मेला भर्नेहरुको घुइँचोका कारण सवारी साधन डाइभर्सन गर्नुपरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

बाइसधारामा स्नान गरे मुक्तिनाथ तथा गोसाइँकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास छ । भक्तजनलाई स्नान गर्न सहज होस् भन्ने उद्देश्यले २२ वटै धाराबाट जल प्रवाहको व्यवस्था मिलाइएको मेला व्यवस्थापन समितिका संयोजक गौतम प्रजापतिले जानकारी दिए ।

मेलामा दुई लाख ३० हजार सहभागी हुने अनुमान समितिले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?