+
+

गुल्मीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ८ गते ८:३९

८ वैशाख, गुल्मी । बडीगाड खोलामा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

सत्यवती गाउँपालिका-६ खैरेनी निवासी १४ वर्षका युवराजदिन मियाँको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरलले जानकारी दिए ।

शुक्रबार दिउँसो माछा मार्न  बाडिगाड खोलामा गएका मियाँ घरमा नआएपछि खोजने क्रममा खोला किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक अनिल थापा नेतृत्वको टोली खटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?