+
+

फर्स्ट माइक्रोफाइनान्सको डेढ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २७ गते ९:२१

२७ फागुन, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सको डेढ लाख कित्ता संस्थापक सेयर आइतबारदेखि लिलामी बिक्रीमा आएको छ । उक्त सेयर खरिद गर्न इच्छुक जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले चैत १२ गतेभित्र गोप्य बोलपत्र आवेदन दिन सक्ने बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।

न्यूनतम मूल्य ३१५ रुपैयाँ हुनुपर्नेगरी बोलकबोल आवेदन माग गरिएको छ । उच्च मूल्य दिएका आधारमा सेयर बाँडफाँट हुने क्यापिटलले जनाएको छ । न्यूनतम १५ हजार कित्ता र अधिकतम डेढ लाख कित्ताकै लागि आवेदन दिन सकिनेछ ।

‘आवेदन दिँदा नै खरिद गर्न चाहेको सेयरको शत प्रतिशत रकम धरौटीवापत मुक्तिनाथ क्यापिटलको नाममा खिचिएको गुड फर पेमेन्ट चेक बुझाउनुपर्नेछ’ क्यापिटले सार्वजनिक सूचनामा भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?