+
+
Shares

पूँजीगत खर्च बढाउन समयबद्ध तालिका आवश्यक : चेम्बर

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २७ गते १३:४०
फाइल तस्वीर

२७ फागुन, काठमाडौं । नेपाल चेम्बर अफ कमर्स अध्यक्ष राजेन्द्र मल्लले पूँजीगत खर्च बढाउन समयबद्ध तालिका बनाउन सुझाव दिएका छन् ।

बजेट चालु खर्चमै सकिने तर पूँजीगत खर्चको सानो अंश पनि खर्च नहुँदा विकास र आर्थिक समृद्धि हासिल हुन नसकेको उनको भनाइ छ ।

‘चालु आर्थिक वर्षको सात महिनामा पूँजीगत खर्च २५ प्रतिशतमा सीमित छ, सरकारले गर्ने खर्चको कछुवागतिले आर्थिक गतिविधि अपेक्षित बढ्न सकेको छैन,’ नेपाल तयारी पोसाक उद्योग संघको वार्षिक साधारणसभामा अध्यक्ष मल्लले भने, ‘त्यसैले पूँजीगत खर्च समयमै सक्न पूर्वाधार विकास आयोजनामा समयमै सम्पन्न गर्ने गरी समयतालिका निर्धारण गर्न आवश्यक छ ।’

सरकारले पूँजीगत खर्च समयमै गर्न नसक्दा अर्थतन्त्रका अन्य क्षेत्रमा पनि गम्भीर असर परेको अध्यक्ष मल्लको भनाइ छ ।

सरकारले आगामी आर्थिक वर्ष खर्च क्षमता अनुसार विकास आयोजना छनोट गर्नुपर्ने उनको भनाइ छ ।

अध्यक्ष मल्लले आगामी बजेट रोजगारी सिर्जना, उत्पादन वृद्धिमार्फत निर्यात प्रर्वद्धन एवम् औद्योगिक क्षमता विस्तार गर्ने खालको ल्याउनुपर्नेमा जोड दिए ।

आयात व्यवस्थित गरी निर्यात प्रर्वद्धन गर्न स्थानीय उत्पादन वृद्धि हुने क्षेत्रमा बजेट विनियोजन गर्नुपर्ने अध्यक्ष मल्लले बताए ।

बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय गर्नुपर्ने भन्दै अध्यक्ष मल्लले बजेट र मौद्रिक नीतिको लक्ष्य एकै हुनुपर्ने पनि बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?