+
+

‘द रेड सुट्केस’को पोस्टरमा सृष्टि, सौगात र विपिन

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २७ गते १६:४५

काठमाडौं । भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भएको नेपाली फिल्म ‘द रेड सुटकेस’ आगामी चैत ३० गते प्रदर्शन तयारीमा छ । प्रदर्शन मिति तय गर्दै फिल्मले आइतबार आधिकारिक पोस्टर सार्वजनिक गरेको छ ।

पोस्टरमा फिल्मका शीर्ष कलाकारको क्यारेक्टर लुक्स सार्वजनिक छ । सृष्टि श्रेष्ठ ग्रामीण महिलाको भूमिकामा देखिएकी छन् । सौगात मल्ल र विपिन कार्की पनि आफ्नो चरित्र चित्रणमा प्रस्तुत छन् ।

फिल्मले भेनिस प्रिमियरमा तीन मिनेट लामो स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो । यसले पिकअप ट्रकमा सामान र रातो सुटकेस लिएर जाने ड्राइभरको यात्राको कथा पेश गर्छ । ड्राइभरको यात्रासँगै हामी देशको आर्थिक, राजनीतिसँग परिचित हुन पुग्छौं, जुन हामी कसैका लागि पनि सुखद अनुभवदायक छैन । फिल्ममा मल्लले ड्राइभरको भूमिका निर्वाह गरेका छन् ।

यो फिल्म यसअघि स्वीट्जरल्याण्डको जुरिच फिल्म फेस्टिभलमा समेत प्रिमियर भएको छ । फिडेल देवकोटा निर्देशित यो फिल्म समीक्षाको कोणबाट प्रतीक्षित छ । निर्माता कम्पनी आइसफल प्रोडक्सनका लागि पछिल्लो केही वर्ष निकै रोचक लाइनअप देखिएको छ । आइसफलका दुई फिल्म ऐना झ्यालको पुतली र हल्कारा नेपालबाट ओस्कारमा सिफारिस भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?