+
+

महालक्ष्मी विकास बैंकले सार्वजनिक गर्‍यो २०८१ सालको भित्तेपात्रो

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २७ गते १९:२०

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको २०८१ सालको क्यालेन्डर प्रकाशन गरेको छ ।

२७ फाल्गुनमा आइतबार बैंकले आफ्नो आधिकारिक वेबसाइट मार्फत नयाँ साल २०८१ सालको क्यालेन्डर प्रकाशन गरेको हो ।

स्थानीय साना तथा मझौला व्यापारहरू झल्कने तस्वीरहरु मार्फत सकारात्मक सन्देश प्रदान गर्दै यस वर्षको क्यालेन्डर प्रकाशन गरी आफ्ना ग्राहकहरु समक्ष ल्याएको बैंकले जनाएको छ ।

क्यालेन्डरमा विश्व फोटोग्राफी दिवसको अवसर पारेर बैंकले सञ्चालन गरेको ‘बिजचित्र फोटोग्राफी प्रतियोगिता’ मा सहभागी तस्वीरहरु मध्येका उत्कृष्ट १२ तस्वीरहरू समावेश गरिएको छ ।

मिति, तिथि, चाडपर्व, दिवस लगायतका विषयमा आफ्ना ग्राहकलाई जानकारी दिन क्यालेन्डर प्रकाशनको मुख्य उद्देश्य रहेको बैंकले जनाएको छ ।

ग्राहकहरुले उक्त क्यालेन्डरको डिजिटल कपी बैंकको आधिकारिक वेवसाइट मार्फत डाउन्लोड गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?