+
+

उपाधि दाबेदार लिभरपुल र सिटीले बाँडे अंक

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २८ गते ८:०८

२८ फागुन, काठमाडौं । प्रिमियर लिगका दुई उपाधि दाबेदार टोली लिभरपुल र म्यानचेष्टर सिटीले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा आइतबार राति भएको खेलमा सिटीले पहिले अग्रता लिए पनि लिभरपुलले बराबरी गोल फर्काएको थियो ।

खेलको २३औं मिनेटमा जोन स्टोन्सले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा पछि परेपनि लिभरपुलले दोस्रो हाफमा सुरुमै गोल फर्काएको थियो । लिभरपुलका लागि ५०औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरले पेनाल्टीमार्फत गोल गरे ।

बराबरीपछि दुवैले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ र यसको फाइदा आर्सनललाई मिलेको छ ।

२८ खेलबाट आर्सनल र लिभरपुलको समान ६४ अंक छ । तर गोल अन्तर अघि रहँदै आर्सनल शीर्ष स्थानमै छ ।  ६३ अंक रहेको सिटी तेस्रो स्थानमा छ ।

प्रिमिय रलिगकै अन्य खेलमा टोटनहमले एस्टन भिल्लाई ४-० ले र ब्राइटनले नटिङहम फरेस्टलाई १-० ले पराजित गरेको छ भने वेष्टहम र बर्नलीले १-१ को बराबरी खेलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?