+
+

म्यानचेष्टर सिटी र आर्सनल विजयी

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १३ गते ७:४९

१३ फागुन, काठमाडौं । प्रिमियर लिगमा उपाधि होडमा रहेका दुई टोली म्यानचेष्टर युनाइटेड र आर्सनल विजयी भएका छन् ।

फिल फोडेनको एक मात्र गोल मदतमा म्यानचेष्टर सिटीले शनिबार राति भएको खेलमा प्रिमियर लिगमा बर्नमाउथलाई १-० ले पराजित गरेको छ ।

बर्नमाउथको मैदान भाइटालिटी स्टेडियममा भएको खेलमा सिटीका लागि फोडेनले २४औं मिनेटमा गोल गरे ।

जितपछि सिटीले शीर्ष स्थानको लिभरपुलसँग अंकदूरी १ मा झारेको छ । २६ खेलबाट लिभरपुलको ६० अंकसहित शीर्षमा छ । दोस्रो स्थानको सिटीको समान खेलबाट ५९ अंक छ ।

यस्तै आर्सनलले न्युकासल युनाइटेडलाई ४-१ ले पराजित गर्दै लिभरपुल र सिटीलाई टक्का दिइरहेको छ । तीन टोली एक-एक अंकको अन्तरमा छन् । जितपछि आर्सनलको २६ खेलबाट ५८ अंक भएको छ ।

आर्सनलको जितमा काइ हाभार्टले २४औं, बुकायो साकाले ६५औं र जाकुव किविओरले ६९औं मिनेटमा गोल गरे ।

स्भेन बुटमनले १८औं मिनेटमा आत्मघाती गोल उपहार दिएका थिए । न्युकासलका लागि ज्याक विल्लकले ८४औं मिनेटमा सान्त्वना गोल फर्काए ।

लिगको अन्य खेलमा म्यानचेष्टर युनाइटेड फुलहमसँग २-१ ले पराजित हुँदा एस्टन भिल्लाले नटिङहम फरेस्टलाई ४-२ ले,  क्रिस्टल प्यालेसले बर्नलीलाई ३-० ले पराजित गरेको छ ।  ब्राइटन र एभरटनले १-१ को बराबरी खेलेका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?