+
+

ओस्कार जितेपछि किलियन मर्फी : हामी ओपेनहाइमरको संसारमा बाँचिरहेका छौं

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २८ गते ८:१२

काठमाडौं । ‘ओपेइनहाइमर’बाट किलियन मर्फीले सर्वश्रेष्ठ अभिनेता र निर्देशक क्रिस्टोफर नोलनले निर्देशन विधामा यसवर्षको ओस्कार अवार्ड जितेका छन् ।

अवार्ड ग्रहण गर्दै अभिनेता मर्फीले निर्देशक नोलनसहित फिल्मको टोलीलाई धन्यवाद दिँदै पछिल्लो २० वर्षको आफ्नो करिअर उतारचढावपूर्ण, सिर्जनात्मक र सन्तोषजनक ढंगले बितेको बताए । ‘मैले भन्न सक्नेभन्दा बढी म तपाईंहरुप्रति ऋणी छु’ उनले भने ।

त्यसपछि उनले धन्यवाद व्यक्त गर्दै केही समयका लागि व्यक्तिगत क्षण सम्झिए- मेरा दुई केटाहरु जो यहाँ बसिरहेका छन्, तिमीहरुलाई धेरै प्रेम गर्छु । आइरिस हुनुको नाताले म गर्व गर्छु ।’

उनले आफ्नो अवार्ड शान्तिका लागि संघर्ष गर्नेहरुलार्ई समर्पण गरे । ‘हामीले आणविक बम सिर्जना गर्ने मानिसको बारेमा एउटा फिल्म बनायौं । राम्रो वा नराम्रो जे भएपनि हामी सबै ओपेनहाइमरको संसारमा बाँचिरहेका छौं, त्यसैले म यसलाई शान्तिकर्ताहरूलाई समर्पित गर्न चाहन्छु’ उनले भने ।

अभिनेता मर्फीको यो पहिलो ओस्कार अवार्ड हो । यसअघि उनले ओपेनहाइमरबाटै गोल्डेन ग्लोब्स लगायतका पुरस्कार पनि जितिसकेका छन् । निर्देशक क्रिस्टोफर नोलनको पनि यो पहिलो ओस्कार अवार्ड विजयी हो । उनी योसहित ८ पटक मनोनित भैसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?