+
+

डीएभी अन्तर कलेज फुटसलको उपाधि जनमैत्री कलेजलाई

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २८ गते १६:४३

काठमाडौं । डीएभी कलेजले आयोजना गरेको दोस्रो बीसीए अन्तर–कलेज फुटसलको उपाधि जनमैत्री कलेजले जितेको छ । जितसँगै जनमैत्री कलेजले कपसहित नगद एक लाख पचास हजार रूपैयाँ हात पारेको छ ।

प्रतियोगितामा उपविजेता बन्दै  सरस्वती बहुमुखी क्याम्पसले ७५ हजार रूपैयाँसहित रनरअप ट्रफी हात पारेको छ ।

प्रतियोगितामा सरस्वती बहुमुखी क्याम्पसका अन्जन मगरले बेस्ट प्लेयर अर्वाड हात पार्दा जनमैत्री कलेजका खेलाडीद्वय सनम श्रेष्ठले बेस्ट गोलकिपर र निखिल ‘गोले’ लामाले बेस्ट स्कोर अर्वाड जित्न सफल भए ।

विजेता र उप विजेता दुवै टोलीलाई मेडल सहित मेरिट सर्टिफिकेट र गिफ्ट ह्याम्परद्वारा समेत सम्मान गरिएको कलेजले जनाएको छ ।

पुरस्कार वितरण कार्यक्रममा कलेजका अध्यक्ष अनिल केडिया, नेपाल टेलिभिजनका पूर्वअध्यक्ष सीताराम अग्रवाल लगायत कलेजका प्रतिनिधिहरुको  सहभागिता रहेको थियो ।

ललितपुरस्थित कलेजकै फुटसल ग्राउन्डमा २५-२७ फागुनसम्म आयोजित प्रतियोगितामा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका बीसीए कलेज सम्बद्ध २७ टिमको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?