+
+

‘ल्यान्ड र हाउस पुलिङ’ निजी क्षेत्रलाई देऊ : घरजग्गा व्यवसायी

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २८ गते १७:२१

२८ फागुन, काठमाडौं । घरजग्गा व्यवसायीले ‘ल्यान्ड र हाउस पुलिङ’ को काम निजी क्षेत्रलाई दिन माग गरेका छन् ।

वृहत् इनभेस्ट्मेन्ट्स (बीआई) ले आयोजना गरेको २०औं ब्याचको ‘रियल इस्टेट मार्केटिङ एजेन्ट’ (रिमा) तालिमका अवसरमा व्यवसायीले यस्तो माग गरेका हुन् ।

तालिम समापन कार्यक्रममा नेपाल जग्गा तथा आवास विकास महासंघ अध्यक्ष भेषराज लोहनीले रियल इस्टेट ब्रोकर/एजेन्ट तथा रियल इस्टेट व्यवसायीलाई अनुमति प्रदान गरी नियमन गर्ने र ल्यान्ड पुलिङ तथा हाउस पुलिङका काम निजी क्षेत्रलाई दिन आग्रह गरेका हुन् । यसका लागि कानुन निर्माण गर्न महासंघबाट पहल भइरहेको समेत उनले जानकारी दिए ।

विश्व्यापी रूपमा आर्थिक मन्दी छाएको अवस्थामा तालिमले रियल इस्टेट क्षेत्र चलायमान बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।

नेपाल जग्गा तथा आवास विकास महासंघका वरिष्ठ कानुनी सल्लाहकार डा. गोकुलप्रसाद बुर्लाकोटीले रियल इस्टेट एजेन्टले यस व्यवसायमा कानुनी र नैतिक पक्षसमेत ध्यानमा राखेर काम गर्नुपर्ने सुझाव दिए ।

बीआई ग्रुप अध्यक्ष ओम राजभण्डारीले डेभेलपर्सले आफ्नो उत्पादनलाई केन्द्रित गरी ग्राहक उत्प्रेरित गर्नुपर्ने बताए ।

२०८० साल फागुन २४ बाट २६ सम्म काठमाडौंमा आयोजित २०औं ब्याचको रिमा तालिममा रियल इस्टेट एजेन्ट र व्यावसायिक प्रतिष्ठान समेतका ११ जना सहभागी थिए ।

कम्पनीले १५ वर्ष अघिदेखि यस्तो तालिम आयोजना गर्दै आएको छ । यस तालिमबाट हालसम्म २ सय ५२ जना रिमा सर्टिफाइड जनशक्ति उत्पादन भइसकेका छन् ।

तालिममा रियल इस्टेट करियरबारे आधारभूत जानकारी दिनुका साथै घर निर्माण, इन्जिनियरिङ तथा आर्किटेक्चर, भवन संहिता, रियल इस्टेट कानुन र यसको अभ्यास, आवास कर्जा तथा बीमा, प्रोपर्टी भ्यालुएसन, रियल इस्टेट मार्केटिङ तथा सेल्स टुल्स एन्ड टेक्निकल लगायत विषय समेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?