+
+

गठबन्धनमा लिखित सहमति गर्न माधव नेपाललाई सांसदहरुको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २८ गते १८:०५

२८ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग लिखित सहमति गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।

नेकपा एमालेसहितको नयाँ समीकरण बनाउँदा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी चार दलबीच मात्रै लिखित सहमति भएकाले आफ्नो दलसँग पनि लिखित सहमति हुनुपर्ने सा‌ंसदहरुको भनाइ छ ।

‘यो गठबन्धनलाई दिगो र बलियो बनाउनलाई हामी सहितको लिखित सहमति राम्रो हुन्छ भनेर सुझाव दिएका हौ’, उपमहासचिव प्रकाश ज्वालाले भने ।

उनका अनुसार, यो गठबन्धनलाई अगाडि बढाउन गरिने सहमतिहरुमा एकीकृत समाजवादी पनि औपचारिक रुपमै सहभागी हुनुपर्ने सांसदहरुको सुझाव छ । ‘सकेसम्म प्याकेजमा गरिने सहमतिलाई लिखित गर्दा गठबन्धन बलियो हुन्छ, र त्यसमा हामीसहितको सहमति जुट्नुपर्छ भन्ने हो’, उपमहासचिव ज्वालाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?