+
+

सकियो चेम्बर एक्स्पो, ४० हजारले गरे अवलोकन

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २९ गते १४:१०

२९ फागुन, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौं चरणको ‘चेम्बर एक्स्पो-२०२४’ सम्पन्न भएको छ ।

२४-२८ फागुनसम्म सञ्चालन भएको एक्स्पोमा स्थानीय उत्पादनदेखि अन्तराष्ट्रिय वस्तुहरु प्रर्दशनीमा राखिएका थिए ।

एक्स्पोको ४० हजार भन्दा बढी दर्शकले अवलोकन गरेको आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।

आर्थिक सुस्तताकाबीच चेम्बर एक्स्पो भव्यताका साथ सम्पन्न भएको अध्यक्ष राजेन्द्र मल्लले बताए ।

एक्स्पोमा स्वदेशमै उत्पादित कृषि जन्य वस्तुहरु, हस्तकलाका सामग्री प्रर्दशनीमा राखिएको थियो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा चेम्बरले एक्स्पो सम्पन्न गरेको हो ।

एक्स्पोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका १६० भन्दा बढी स्टल रहेका थिए । एक्स्पोमा नेपाल, भारत, दक्षिणकोरिया, बंगलादेश पाकिस्तान लगायतका व्यापारीले समेत सहभागिता जनाएका थिए ।

एक्स्पो मार्फत स्थानीय उत्पादन प्रवर्द्धन एवम् बजारीकरण तथा व्यापार अभिवृद्धि गर्न महत्वपूर्ण सहयोग भएको अध्यक्ष मल्लको भनाइ छ ।

कठिन आर्थिक परिस्थितीकाबीच अर्थतन्त्र चलायमान एवम् व्यावसायिक गतिविधि विस्तार गर्न एक्स्पो सफल भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?