+
+

एमालेको बैतडी अध्यक्षमा नरेशकुमार बिक सर्वसम्मत

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २९ गते १५:०९

२९ फागुन, धनगढी । नेकपा एमाले बैतडीको नवौं जिल्ला अधिवेशनबाट अध्यक्षसहितका पदाधिकारी सर्वसम्मत चयन भएका छन् ।

पाटनमा जारी अधिवेशनले अध्यक्षमा नरेशकुमार बिकलाई सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा लोकेन्द्र भण्डारी, सचिवमा हजारी साउद, उपसचिवमा हर्क धानुक र पार्वती भट्टलाई सर्वसम्मत चयन गरिएको छ ।

सर्वसम्मत चयन भएका पदाधिकारीलाई आधिकारिक रूपमा घोषणा गर्न बाँकी छ ।

सदस्यमा पनि सहमतिको प्रयास भइरहेको एक नेताले बताए । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नवौं अधिवेशन सोमबार उद्घाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?