+
+

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिंदै

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३० गते ८:४३

३० फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिंदै छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

त्यसका लागि बिहान १० बजे कार्यव्यवस्था समितिको बैठक बस्ने छ । बैठकमा प्रधानमन्त्रीको विश्वासको मत, आगामी १५ दिनको क्यालेन्डर लगायतका एजेण्डा रहेको सभामुखको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसँगको गठबन्धन तोडेर एमाले लगायतका दलसँग सत्ता साझेदारी गरेपछि कांग्रेसले सरकारको समर्थन फिर्ता लिएको थियो । त्यसैले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिए विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रधानमन्त्री प्रचण्डलाई उनको पार्टी माओवादी केन्द्रसहित नेकपा एमाले, रास्वपा, जसपा, एकीकृत समाजवादी र नाउपालगायत दलले समर्थन गर्न ह्वीप जारी गरेका छन् । कांग्रेस, राप्रपा, लोसपा, जनमत, नेमकिपा र राष्ट्रिय जनमोर्चा भने विपक्षमा छन् ।

२७५ सदस्यीय प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डले विश्वास पाउन बहुमतका लागि १३८ मत आवश्यक पर्छ । नेकपा एमालेसँग ७६, माओवादी केन्द्रसँग ३२, रास्वपासँग २१, जसपा १२, एकीकृत समाजवादी १०, नाउपा ४, आजपा १ र स्वतन्त्र दुई सांसद (अमरेस कुमार सिंह र योगेन्द्र मण्डल) प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने पक्षमा छन् । यी सबैको मत जोड्दा १५८ मत पुग्छ ।

पछिल्लो सत्ता समीकरण फेरिएसँगै गत बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा १५७ सांसद सत्ता पक्षको बेन्चमा थिए ।

यसैगरी विपक्षमा नेपाली कांग्रेसका ८७, राप्रपाका १४, जनमतका ६, लोसपाका ४ र नेमकिपाका १ सांसद छन् । यी सबैको मत जोड्दा ११२ मत हुन्छ । १ सांसद रहेको जनमोर्चा तटस्थ बस्ने सम्भावना छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?