+
+

सत्तापक्षको बेन्चमा बसे १५७ सांसद

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २४ गते १३:०३

२४ फागुन, काठमाडौं । सत्ता समीकरण फेरिएसँगै प्रतिनिधि सभाको बैठकमा दलहरुको आसन पनि बदलिएको छ । नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी बेन्चमा सरेको छ भने नेकपा एमाले सत्ता पक्षको बेन्चमा ।

संसद सचिवालयका अनुसार बिहीबारको प्रतिनिधि सभा बैठकमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) सत्तापक्षको बेन्चमा बसेका छन् ।

एमालेका ७८, माओवादी केन्द्रका ३२, रास्वपाका २१, जसपाका १२, एकीकृत समाजवादीका १० र नाउपाका ४ जना सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?