+
+

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३० गते ११:१२

३० फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीलाई भेट्न उपाध्यक्ष अर्याल बुधबार बिहान प्रधानमन्त्री निवास वालुवाटार पुगेकी थिइन् ।

भेटमा राष्ट्रिय सभा अध्यक्षको निर्वाचन र उपाध्यक्षको राजीनामाको विषयमा कुराकानी भएको छ । प्रधानमन्त्री प्रचण्डले नयाँ सत्ता समीकरणमा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष फरक-फरक दलबाट बनाउने सहमति भएको बताएका छन् । त्यसअनुसार माओवादी केन्द्रका तर्फबाट तय भएका उम्मेदवार नारायणप्रसाद दाहाल अध्यक्षमा निर्वाचित भइसकेका छन् । हाल माओवादी केन्द्रबाट राष्ट्रिय सभा उपाध्यक्ष रहेकी अर्यालले राजीनामा दिनेछिन् ।

उपाध्यक्ष अरु दललाई दिने तयारी छ । तर, कुन दललाई दिने भन्ने निर्णय सार्वजनिक भइसकेको छैन ।

सुरुमा एमाले र माओवादीबीच राष्ट्रिय सभा उपाध्यक्ष एमालेले लिने सहमति भएको थियो । तर, सत्ता गठबन्धनमा एकीकृत समाजवादी समेत सामेल भएपछि गरिएको नयाँ सहमतिमा राष्ट्रिय सभाको उपाध्यक्षको विषय उल्लेख छैन ।

नेताहरुका अनुसार एकीकृत समाजवादीले राष्ट्रिय सभाको उपाध्यक्षमा दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?