+
+

सिन्धुलीमा ट्रकले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३० गते ११:५९

३० फागुन, काठमाडौं । सिन्धुलीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सर्लाहीको हरिवन नगरपालिका-७ का ३० वर्षीय रिद्दिबहादुर मिरिङसिङ रहेका छन् ।

आज बिहान कमलामाई नगरपालिका-१३ माथिल्लो रानिबासस्थित मदन भण्डारी राजमार्गमा कटारीबाट भिमानतर्फ आउँदै गरेको म.प्र.०४-००१ क ००५१ न. को ट्रकले विपरीत दिशाबाट आएको ९२प ६५६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मिरिङसिङलाई उद्धार गरी जिल्ला अस्पताल सिन्धुली लिइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलेले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?