+
+

कांग्रेसले इमानको कुरा गर्दा आश्चर्य लाग्यो : ओली

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३० गते १२:४०

३० फागुन, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरुलाई बेइमान भन्नुअघि आफ्नो विगत सम्झिन आग्रह गरेका छन् । कांग्रेसले गठबन्धन बदल्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्णयलाई राजनीतिक बेइमानी भनेको छ ।

बुधबार संसदमा प्रधानमन्त्रीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको समर्थन गर्दै ओलीले कांग्रेसले धोका भएको भनेकामा आश्चर्य लागेको बताए ।

‘नेपाली कांग्रेसले रोस्ट्रममा उभिएर जुन इमानको कुरा गर्‍यो त्यसले अचम्म लाग्यो । कसरी भन्न सकेको होला, ढुक्कैले ?’, ओलीले भने, ‘एउटा औला अरुलाई देखाउँदा अरु औला आफूतिर फर्किन्छन् भन्ने बिर्सिनु हुँदैन ।’

ओलीले आफूलाई कांग्रेससँग भनाभन गर्न मन नलागेको भन्दै आफूलाई इमानको खानी र वाचा बन्धनमा अडिएको नठान्न आग्रह गरे । ‘साह्रै वाचावन्धनमा अडिएको, इमानै इमानको खानी, बेइमानी भनेको थाहै नपाएको, गर्दै नगर्ने, देख्दै नदेखेको भन्दा आश्चार्य मात्रै व्यक्त गरेको’ ओलीले भने ।

ओलीले संविधान निर्माणपछि आफ्नो नेतृत्वमा सरकार बनाउने सहमति भइसकेको अवस्थामा कांग्रेसले धोका दिएको स्मरण गरे ।

‘०७० सालको चुनावपछि नेपाली कांग्रेसको बहुमत थिएन । तर हाम्रोभन्दा दुई सिट भए पनि बढी थियो, त्यसैले उसले प्राथमिकता पाओस् । नेपाली कांग्रेसको नेता प्रधानमन्त्री हुनुहोस्, त्यसपछि हामी बनौंला भनेर मैले नै भनेको थिएँ’, उनले भने, ‘… पछि त सहमति पालना गर्नु कता हो कता । (प्रधानमन्त्रीमा) प्रस्ताव गर्नुहोला भनेको त आफै उम्मेदवार हुन पुग्नुभयो ।’

२०७२ असोजमा संविधान जारी भएपछि प्रमुख दलहरुबीच एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने सहमति भएकामा कांग्रेसका तत्कालिन सभापति सुशील कोइरालाले उम्मेदवारी दिएका थिए । यद्यपि ओली नै प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

त्यतिबेला अरू नेतालाई सहमति स्मरण गराउँदा सभापतिलाई थाहा होला भन्ने, सभापतिले मलाई थाहा छैन भन्ने गरेर धोका दिएको ओलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?