+
+

‘नेपाली फिक्सन’को स्ट्रिमिङ बुधबारदेखि कान्तिपुर सिनेमाजमा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३० गते १२:४८

काठमाडौं । नेपाली फिल्मको ओटीटी प्लाटफर्म कान्तिपुर सिनेमाजले बुधबारदेखि नयाँ इन्डी-फिल्म ‘नेपाली फिक्सन’को स्ट्रिमिङ थालेको छ । यसअघि यो प्लाटफर्मले मदर, मुखिया, ऋतु, खरानी र पखेटाजस्ता स्वतन्त्र फिल्म रिलिज गरिसकेको छ ।

यो फिल्ममा एक ग्याङस्टरको घरमा लागूऔषध पुर्‍याउन गएका दुई चोरबीच हिस्सा बाँडफाँटको बेला सिर्जना भएको मनमुटाव र त्यसपछि उत्पन्न परिस्थितिको कथा बुनिएको छ । फिल्मलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ ।

फागुन २ गते काठमाडौंस्थित विश्वज्योति सिनेमा हलमा उक्त फिल्मको थिएट्रिकल प्रिमियर गरिएको थियो । देवेन्द्र खत्री निर्देशित यो फिल्म सन् २०२२ मा निर्माण भएको थियो ।

केही सर्ट फिल्म बनाएका उनी कान्तिपुर फिल्म एकेडेमीका विद्यार्थी समेत हुन् । उनी नेपाली सिरिज ‘ब्रह्माण्ड’, प्रदर्शनरत फिल्म ‘अगस्त्य’ र हाल छायांकनरत फिल्म ‘मेयर’का सहायक निर्देशक हुन् ।

पाँचजना पात्र वरपर घुम्ने ‘नेपाली फिक्सन’मा सञ्जोग रसाइली, रुजा राउत, विमल पुरी, सुप्रज्ञा शर्मा र रुपेश दाहालले अभिनय गरेका छन् । फिल्ममा आशिष घिमिरेको छायांकन र सजल लोप्चनको सम्पादन छ ।

अहिले यो प्लाटफर्ममा ‘नेपाली फिक्सन’सँगै ‘ब्रह्माण्ड’, ‘मिस स्कार्लेट’, ‘लभ सूत्र’, ‘जुलेबी’, ‘ज्याकी आई एम ट्वान्टी वान’, ‘चि मुसी चि’लगायत फिल्म र सिरिज स्ट्रिमिङ भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?