+
+

फिल्म ‘प्रकाश’को सेन्सर पासको सक्कल प्रमाणपत्र झिकाउन उच्च अदालतको आदेश

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३० गते १७:२५

काठमाडौं । राष्ट्रिय चलचित्र पुरस्कारबारेको मुद्दामा उच्च अदालत पाटनले फिल्म ‘प्रकाश’को सेन्सर पासको सक्कल प्रमाणपत्र झिकाउन आदेश दिएको छ ।

बुधबार न्यायाधीशद्वय धीरबहादुर चन्द र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले ‘प्रकाश’ फिल्मलाई प्रदर्शनका लागि स्वीकृति दिए नदिएकोबारे केन्द्रीय चलचित्र जाँच समितिबाट बुझ्न र दिएको भए प्रमाणित प्रतिलिपि पेश गर्न आदेश दिएको हो । यो मुद्दामा बुधबार पक्ष र विपक्षका वकिलहरुले बहस गरेका थिए ।

२०७९ भदौ ५ गते ‘प्रकाश’को सेन्सर जाँच भएको केन्द्रीय चलचित्र जाँच समितिको विवरणमा देखिन्छ । फिल्म ‘प्रकाश’का निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी र फिल्म छायांकन भएको थलो जुम्लाको सिंजाका स्थानीय मीनराज आचार्यले परमादेश माग गर्दै असोज ५ गते रिट दायर गरेका थिए ।

भदौ १२ गते राष्ट्रपति कार्यालय शीतल निवासमा सर्वश्रेष्ठ फिल्मलाई छाडेर अन्य विधामा मात्र पुरस्कार वितरण गरिएको थियो । यसप्रति आपत्ति जनाउँदै फिल्म ‘प्रकाश’को निर्माण टिमले मुद्दा दायर गरेको हो । एक जना जुरी सदस्यले ‘प्रकाश’लाई सिफारिस गरिएको तर बोर्ड नेतृत्वले नमानेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?