+
+
Shares

‘लालीबजार’ को मुद्दामा इजलासले माग्यो फिल्मको सफ्टकपी, पेशी भोलि नै

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते १४:०४
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उच्च अदालत पाटनले चलचित्र ‘लालीबजार’ को सफ्टकपी इजलासमा पेस गर्न निर्माता कम्पनी षट्कोण आर्ट्सलाई आदेश दिएको छ ।
  • अदालतले केन्द्रीय चलचित्र जाँच समितिबाट चलचित्रलाई प्रदर्शन अनुमति दिने निर्णयसँग सम्बन्धित सक्कल मिसिल झिकाउन समेत आदेश दिएको छ ।
  • रोशनी वादीले चलचित्रले वादी समुदायको मर्यादामा आँच पुर्‍याएको दाबी गर्दै अदालतमा रिट दायर गरेकी थिइन् ।

काठमाडौं । उच्च अदालत पाटनले फिल्म ‘लालीबजार’ को सफ्टकपी इजलासमा पेस गर्न आदेश दिएको छ । न्यायाधीशद्वय स्वीकृति पराजुली र सूर्यप्रसाद पराजुलीको संयुक्त इजलासले फिर्ता लैजाने गरी फिल्मको सफ्टकपी पेस गर्न निर्माता कम्पनी षट्कोण आर्ट्सलाई आदेश दिएको हो ।

साथै, इजलासले आजै केन्द्रीय चलचित्र जाँच समितिबाट यो फिल्मलाई प्रदर्शन अनुमति दिने निर्णयसँग सम्बन्धित सक्कल मिसिल झिकाउन समेत आदेश दिएको छ । सर्वोच्च अदालतको आदेश अनुसार अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने सम्बन्धमा मंगलबारको इजलासले फिल्मको सक्कल प्रति झिकाउन आदेश जारी गरेको हो ।

अदालतका प्रवक्ता गोविन्द्रप्रसाद कोइरालाका अनुसार निर्माताले मंगलबारको इजलासमा पेनड्राइभमा फिल्म बुझाएका थिए तर इजलासले सफ्टकपी नै मागेको हो । उनका अनुसार विवादित भनिएका फिल्मभित्रका प्लटलाई इजलासले हेर्ने छ ।

यो मुद्दामा बुधबार पुनः पेशी तोकिएको छ । रोशनी वादीले फिल्मले वादी समुदायको मर्यादामा आँच पुर्‍याएको दाबी गर्दैै अदालतमा रिट दायर गरेकी थिइन् । षट्कोण आर्ट्सको फिल्म ‘लालीबजार’ अहिले हलमा प्रदर्शन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?