+
+

टी-२० आईमा नेपाल लगातार चौथो पटक फाइनलमा पराजित

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३० गते १८:४१

३० फागुन, काठमाडौं । नेपाल पछिल्लो पटक टी-२० आई खेलमा लगातार चौथो पटक फाइनलमा पराजित भएको छ ।

बुधबार हङकङमा सम्पन्न त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेपाल पपुवा न्युगिनीसँग ८६ रनले पराजित हुन पुग्यो ।

जितको लागि १७२ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा ८५ रनमा अल आउट भयो । यो हार टी-२० आईको फाइनलमा नेपालको लगातार चौथो हो ।

यसअघि गत अक्टोबरमा नेपाल, हङकङ र युएईबीच मूलपानी र टियुमा त्रिकोणात्मक टी-२० आई सिरिज भएको थियो ।

नेपाल टीयु मैदानमा भएको फाइनलमा युएईसँग ४ विकेटले हार्न पुगेको थियो ।

१६३ रनको लक्ष्य युएईले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो ।

नोभेम्बरमा आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा टीयुमा ओमानसँग सुपर ओभरमा पराजित भएको थियो ।

१८५ रनको विजयी लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

सुपर ओभरमा अभिनाश बोहराले २१ रन खर्चिदा नेपालले १० रन मात्रै जोड्न पुगेको थियो ।

दुई साताअघि नेपाल, नेदरल्यान्ड्स र नामिवियाबीच त्रिकोणात्मक टी-२० आई सिरिज टीयुमा भएको थियो ।

फाइनलमा नेपालले दिएको १८५ रनको लक्ष्य नेदरल्यान्ड्सले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?