+
+
फ्राइडे रिलिज :

हलमा लाग्यो बलिउडको ‘योद्धा’, दोस्रो दिन निफमा २४ फिल्म

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २ गते ११:३८

काठमाडौं । शुक्रबार नेपालमा बलिउड फिचर फिल्म ‘योद्धा’ रिलिज भएको छ । सिद्धार्थ मल्होत्रा, दिशा पटानी र राशि खन्ना अभिनित यो फिल्मलाई सागर आम्ब्रे र पुष्कर ओझाले निर्देशन गरेका हुन् ।

ओझाको घर नेपालको धनगढी हो । थ्रिलर-एक्सन ड्रामा यो फिल्मले आतंकवादीले यात्रुबाहक विमान अपहरण गरेपछि फिल्मको मुख्य पात्र जो अफ–ड्युटीमा छ । उसले गोप्य रणनीतिमार्फत यात्रुलाई सुरक्षित तुल्याउने र आतंकवादीलाई पराजित गर्ने योजना बनाउँछ ।

निफमा फिल्मै–फिल्म

यदि तपाईं काठमाडौंमा हुनुहुन्छ र फिचर–सर्ट र डकुमेन्ट्रीमा रुचि छ भने नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)को लाइनअपमा यी फिल्म उपलब्ध हुनेछन् । क्यूएफएक्सको काठमाडौंका हलमा दर्शकले रुचिअनुसार फिल्म हेर्न सक्नेछन् ।

क्यूएफएक्सको सिभिल र भक्तपुरमा सुनिल पाण्डे निर्देशित छोटो फिल्म ‘स्टोरी टेल्स इटसेल्फ’, आन जुन निर्देशित चिनियाँ सर्ट मुभी ‘स्कोर्चिङ समर’ र पोल्याण्डको फिल्म ‘सी विन्स’, रजनी बासुमतारी निर्देशित भारतीय फिल्म ‘वाइल्ड स्वान्स’ स्क्रिनिङ हुँदैछ ।

ती दुई हलमा राजन कठेत निर्देशित चर्चित नेपाली डकुमेन्ट्री फिचर ‘ढोरपाटन’ र किरण श्रेष्ठको ‘एट अनदर विन्टर’ स्क्रिनिङ हुँदैछन् । हलमा समेत रिलिज भएको ‘थिएटर’ले पछिल्लो समय चर्चा पाएको छ ।

लबिम र छाया कम्प्लेक्सका हलमा अशोक पाठक निर्देशित ‘अ क्वेस्ट’, प्रसन्न माली निर्देशित ‘अनन्त वार्ता’, बेलायती निर्देशक जेम्स हग्सको ‘चेयर्स’, शान्ता नेपालीको ‘धेय सपनाहरु’, भारतीय निर्देशक साइनाथ उसकाइकरको ‘इनट्यांगल्ड’ स्क्रिनिङ हुनेछन् ।

साथै, यी दुई हलमा फ्रान्सको ‘एडिउ ग्यास्टोन’, नर्वेको ‘टिट्स’, इरानको ‘लभ बर्ड्स’, नेपालको ‘द बोट’, न्युजिल्याण्डको ‘लाओ लाओ लाओ ली’, नेपालको ‘ट्याक्सी ड्राइभर’ स्क्रिनिङ हुँदैछन् । शुक्रबार बेलुकासम्मै ती हलमा फिल्मको लाइनअप छ ।

उपहार’ र ‘रंगेली’ दोस्रो सातामा

रेखा थापाको ‘उपहार’ र दयाहाङ राईको ग्याङस्टर ड्रामा ‘रंगेली’ले शुक्रबारदेखि दोस्रो सातामा प्रदर्शन थालेका छन् । अघिल्लो साता सन्तोषजनक कमाइ गरेका यी दुई फिल्मले दोस्रो सप्ताहन्त कस्तो गर्नेछन् भन्ने कुरा चुनौतीपूर्ण छ ।

‘उपहार’ले पहिलो साता राम्रो कमाइ गरेको निर्माताको भनाइ छ । खासगरी अष्टनारायणजस्ता हल र मोफसलमा यो फिल्मको कमाइ राम्रो रहेको निर्देशक ज्ञानेन्द्र देउजाले बताए ।

‘अगस्त्य’ तेस्रो सातामा प्रवेश गरेको छ । अघिल्ला दुई सप्ताहन्त ‘अगस्त्य’को कमाइ सन्तोषजनक रहेको निर्देशक सौरभ चौधरीले जानकारी दिए । यीबाहेक, कुङफु पाण्डा ४, शैतान र ड्युन २ पनि प्रदर्शनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?