+
+

जीवन चलाउनेको बयान : सुबु केसीलाई ३० हजार डलर दिएँ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २ गते १७:५६

२ चैत, काठमाडौं । सुन तस्करी प्रकरणमा फरार जीवन चलाउनेले पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका व्यवसायिक साझेदार सुबुप्रताप केसीलाई ३० हजार अमेरिकी डलर दिएको स्वीकार गरेका छन् ।

चलाउनेले उच्चस्तरीय जाँचबुझ आयोग समक्ष २९ फागुन २०८० मा इमेलमार्फत पठाएको बयानमा सुबुलाई ३० हजार अमेरिकी डलर दिएको उल्लेख गरेका छन् ।

तर उनले उक्त रकम सुन कारोबार वापतको रकम नभई सापटी दिएको दाबी गरेका छन् । बयानको दोस्रोे बुँदामा चलाउनेले उल्लेख गरेका छन्, ‘सुबुप्रताप केसीलाई व्यक्तिगत रुपमा चिन्दिन तर निजलाई २०–३० हजार डलर तत्काल आवश्यकता पर्‍यो कुनै उपाय छ कि भनी पेम्बाले मलाई सोधेको हुँदा मैले मेरो चिनजानको साथीमार्फत ३० हजार डलर सापटी पठाइदिएको थिएँ ।’

चलाउनेले पेम्बालाई दावा छिरिङमार्फत चिनेको बताएका छन् । आफूलाई पैसा चाहिएका बेला पेम्बाले सहयोग गर्ने गरेको र पेम्बाले नै सुबुलाई सहयोग गर्नुपर्छ भनेपछि चिनजानका साथीमार्फत पैसा दिएको उनको दाबी छ ।

सुबु केसी र सुमन खरेल नाम गरेका व्यक्तिको खातामा रकम पठाएको पुष्टि हुने म्यासेज समेत दावाको मोबाइलमा भेटिएको थियो ।

पैसा पठाएको प्रमाणको फोटो खिचेर राखेको पनि चलाउनेले बयानमा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?