+
+

योपटक गण्डकी सरकारको नेतृत्व लिनुपर्छ भन्नेमा स्पष्ट छौं : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ४ गते १०:२२

४ चैत, पोखरा । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो पटक गण्डकी प्रदेश सरकारको नेतृत्व लिनुपर्छ भन्नेमा आफू स्पष्ट रहेको बताएका छन् ।

आइतबार बिहान पोखरामा गण्डकी प्रदेशका नेता-कार्यकर्ताहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘गण्डकी प्रदेशमा हामीले यो पटक सरकारको नेतृत्व लिनुपर्छ भन्नेमा हामी स्पष्ट छौं ।’

यसअघि माओवादी केन्द्र गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरूङले गण्डकीमा माओवादी नेतृत्वमा सरकार बनाउनुपर्ने माग गरेकी थिइन् ।

गण्डकीमा माओवादीको नेतृत्वमा सरकार बनाने विषयमा सत्ता साझेदार दलहरुबीच कुराकानी भइरहेको प्रचण्डले जानकारी दिए । उनले भने, ‘समीकरणका प्रमुख दल र नेताहरुले गण्डकी माओवादीले लिँदा राम्रै हुन्छ भन्ने भएको हुनाले त्यति विमती अरुको हुने स्थिति देखिएको छैन ।’

तर सत्ता समीकरणभित्रका दलबाट मात्र सरकार बनाउन आवश्यक संख्या पुर्याउन समस्या रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले समीकरणभन्दा बाहिरका दलको पनि समर्थन लिने प्रयास भइरहेको बताए ।

‘संख्याको समस्या अझै पनि कायम छ । यो विषयमा अहिले योभन्दा बढी नगरौं, तर हामी सहज ढंगले संख्या पुर्याउनेतिर पनि मिहिनेत गर्दैछौं । समीकरणभन्दा बाहिरका दलको पनि समर्थन प्राप्त गर्ने उपायतिर हामी लागिराखेका छौं,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यो वातावरण बन्यो भने सरकारको नेतृत्व हामीले प्राप्त गर्ने करिब–करिब निश्चित देखेको छु मैले ।’

त्यसका लागि केन्द्रीय स्तरमा र प्रदेश स्तरमा कुराकानी भइरहेको उनले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?