+
+

लुम्बिनीमा चैत तेस्रो साता विराट चक्र विज्ञान सप्ताह हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ४ गते ११:५७

४ चैत, बुटवल । ‘बुद्धको ज्ञान लुम्बिनीमा ध्यान’ नारासहित बुद्ध जन्मस्थल लुम्बिनीमा चैत तेस्रो साता विराट चक्र विज्ञान सप्ताह हुने भएको छ ।

लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान कक्ष (सभा हल) मा चैत १७ देखि २३ गतेसम्म चल्ने चक्र विज्ञान सप्ताहमा एकसाथ ५ हजार जनालाई योगाभ्यास गराइने छ ।

जीवन विज्ञान प्रतिष्ठान लुम्बिनीको आयोजनामा हुने कार्यक्रममा भारतलगायत १५ देशबाट ५०० जनासहित ५ हजार जना सहभागी हुने प्रतिष्ठानका लुम्बिनी प्रदेश अध्यक्ष केशव खनालले जानकारी दिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समेत उक्त कार्यक्रममा सहभागिताका लागि देशभरका स्थानीय तहलाई परिपत्र गरेको उनको भनाइ छ ।

यस प्रकारको योगाभ्यास कार्यक्रम यसअघि अस्ट्रेलियामा ३ दिनसम्म आयोजना हुँदा १ हजार ४७१ जना उपस्थित भएको उल्लेख गर्दै खनालले लुम्बिनीमा हुने कार्यक्रमले गिनिज बुक अफ वर्ल्ड रेकर्ड राख्ने दाबीसमेत गरे ।

कार्यक्रमका व्यवस्थापक एवं जीवन विज्ञान परिषद् अमेरिका संयोजक लोक तिवारीले लुम्बिनीलाई ध्यान तथा योग केन्द्र र आध्यात्मिक पर्यटनको उपयुक्त थलो हो भन्ने सन्देश विश्वभर प्रचार गराउने बताए । ‘कार्यक्रमले चक्र विज्ञान, योगाभ्याससँगै बुद्धका उपदेश र शिक्षाको प्रचारप्रसार विश्वभर गराउने छ’ तिवारीले भने ।

कार्यक्रममा सहभागी हुन ७ दिनको खाना र खाजासहित प्रतिव्यक्ति १० हजार शुल्क तय गरिएको परिषद्का शिक्षा विकास संयोजक हरि पोखरेलले बताए ।

चक्र विज्ञान योगाभ्यासमा सहभागी हुनेमध्ये ५९ प्रतिशत महिला र ४१ प्रतिशत पुरुष हुने परिषद्की नवलपरासी संयोजक इन्दिरा विश्वकर्माले जानकारी दिइन् । आर्थिक अभावले कार्यक्रममा सहभागी हुन नसक्नेलाई सहुलियत वा निःशुल्क प्रवेशको व्यवस्था मिलाइने आयोजकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?