+
+

हजुरबा–नाती हत्यामा एक महिनापछि २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ४ गते १९:०९

४ चैत, काठमाडौं । नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–३ मर्चहवामा १ फागुनमा भएको हजुरबुवा–नातीको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

मर्चहवास्थित गण्डक बाँधको जग्गामा कुटी बनाएर बसेका ७० वर्षीय अक्षयलाल चमार र उनका नाती १२ वर्षीय गौचरणको हत्यामा संलग्नको आरोपमा प्रहरीको केन्द्रीय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दुई जनालाई आइतबार सार्वजनिक गरेको छ ।

सीआईबीका एसपी तथा प्रवक्ता होविन्द्र बोगटीका अनुसार पक्राउ पर्नेहरुमा मर्चहवाकै २९ वर्षीय अजयकुमार धरिकार र सोही ठाउँका २० वर्षीय चन्दन हरिजन छन् ।

३ चैतमा पक्राउ परेका दुबै जनालाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलाटारी नवलपरासीमा बुझाइएको एसपी बोगटीले बताए ।

कुटीमा बसिरहेका उनीहरुमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको आशंकामा प्रहरीले अनुसन्धान गरेको थियो । घटनामा संलग्नहरुको खोजीका लागि सीआईबीको टोली पनि परिचालन भएको थियो । प्रहरीले हत्यामा प्रयोग भएको चक्कु, पन्जा, हत्या गरेको बेलामा अजयकुमारले लगाएको ज्याकेट कपडा समेत बरामद भएको छ ।

सीआईबीका एसपी बोगटीका अनुसार अक्षयलालको हत्या गर्नुपर्ने कारण भने उनको साथीसँग जोडिएको आरोपीहरुले बताएका छन् । हत्याका आरोपी चन्दन हरिजनले २६ माघमा अक्षयलालका साथीलाई मोटरसाइकलले ठक्कर दिएका थिए । त्यसपछि उनीहरुबीच भएको विवाद प्रहरीसम्म पुगेको थियो ।

चन्दन र उनका साथी अक्षयकुमार मिलेर अक्षयलालका साथी (मोटरसाइकलको ठक्करबाट विवाद भएका व्यक्ति) को हत्या योजना बनाएका थिए । तर ती व्यक्तिको हत्या योजना सफल नभएपछि उनका सबैभन्दा नजिकका साथी अक्षयलालको हत्या भएको पाइएको एसपी बोगटीले बताए ।

हत्या गर्नका लागि चक्कु समेत भारतबाट किनेर ल्याएको खुलेको छ । अक्षयलालको हत्या गरेको उनका नाती गौचरणले देखेपछि उनको समेत हत्या गरेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?