+
+

फतुवा विजयपुर नगरपालिका र शिक्षकबीच सहमति, सोमबारदेखि परीक्षा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ४ गते २०:१०

४ चैत, काठमाडौं । रौतहटको फतुवा विजयपुर नगरपालिका र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ ।

आन्दोलनका कारण नगरपालिका भित्रका विद्यालयको वार्षिक परीक्षा हुन सकेको थिएन । सहमति भएसँगै सोमबारदेखि परीक्षा सुरू हुने भएको हो ।

नगरपालिकाको बजेट पास हुन नसक्दा साउनदेखि शिक्षकहरूले तलब पाएका थिएनन् । सोही कारण शिक्षकहरू आन्दोलनमा उत्रिएका थिए ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख तेजनारायण यादवले १० चैतभित्र सबै शिक्षकको तलब उपलब्ध गराउने सहमति भएको जानकारी दिए ।

पालिकाले १ चैतबाट परीक्षा सञ्चालनको तालिका बनाएको थियो । पालिकाभित्र ७ माध्यमिक र २५ आधारभूत तहका विद्यालय छन् । त्यसमध्ये ७ विद्यालयले तलब नपाएसम्म परीक्षा सञ्चालन नगर्ने अडान लिएका थिए भने बाँकीले सुरू गरे पनि शुक्रबारको परीक्षा स्थगित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?