+
+

विद्यार्थीको सहजताको लागि परीक्षा सारेका हौं : निमित्त रजिष्ट्रार

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २१ गते १२:१२

२१ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले प्राविधिक समस्याका कारण चार वर्षे स्नातक तहको परीक्षा सार्नुपरेको जनाएको छ ।

निमित्त रजिष्ट्रार डा. कृष्णप्रसाद बस्यालले अनलाइनमार्फत परीक्षा फारम भर्ने व्यवस्था गरिएको तर विविध कारणले विद्यार्थीले फारम भर्न कठिनाइ भइरहेको गुनासो आएपछि परीक्षा सार्नुपरेको बताएका हुन् ।

उनले भने ‘विद्यार्थीको परीक्षा फारम अनलाइनमार्फत भर्नुपर्ने व्यवस्था गरेका छौं । तर प्राविधिक समस्याका कारण फारम भर्न समस्या भइरहेको विद्यार्थी तथा क्याम्पसहरूको गुनासो आइरहेकोले विद्यार्थीको सहजताको लागि परीक्षा सारेका हौं ।’

मंगलबार परीक्षा समितिको बैठक बसेर परीक्षा सार्ने निर्णय गरेको उनले बताए । १ लाख ७ हजार विद्यार्थीमध्ये मंगलबारसम्म करिब ६३ हजारले मात्रै परीक्षा फारम भरेको बस्यालले बताए ।

मंगलबार त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले २८ चैतदेखि सुरू हुन लागेको शिक्षाशास्त्र, मानविकी, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फको परीक्षा स्थगित गरेर १६ वैशाखदेखि सञ्चालन गर्ने सूचना जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?