+

बालबालिकाले परीक्षामा लिने तनावले मानसिक समस्या निम्त्याउँछ ?

२०८० फागुन  २४ गते १२:३७ २०८० फागुन २४ गते १२:३७
बालबालिकाले परीक्षामा लिने तनावले मानसिक समस्या निम्त्याउँछ ?

तनाव नलिने मानिस त संसारमा सायदै कोही होला । तर तनाव वा चिन्ता कति लिने भन्नेमा चाहिं फरक पर्छ । हरेकलाई कुनै न कुनै किसिमको तनाव हुन्छ । आर्थिक, सामाजिक, पारिवारिक, करिअर, काम धेरै कुराको तनाव हुन्छ । यस्तो तनाव वयस्क व्यक्तिलाई हुन्छ ।

बालबालिकालाई पनि आफ्नै खालको तनाव र चिन्ता हुन्छ । यसमध्ये उनीहरुलाई धेरै हुने तनाव हो परीक्षाको । परीक्षाको बेला राम्रो गर्नुपर्छ भन्ने चिन्ता त बालबालिकाकै लागि स्वभाविक नै हो तर यो तनावमा परिणत भयो भने समस्या हुनसक्छ । त्यसैले उनीहरुमा उत्पन्न हुनसक्ने तनावको सही व्यवस्थापन गर्नुपर्छ ।

रीक्षाको तनावले बालबालिकामा दीर्घकालीन मानसिक असर पर्न सक्छ ?

परीक्षाको तनाव क्षणिक हुन्छ । त्यसैले खासै बालबालिकामा कुनै पनि प्रकारको दीर्घकालीन मानसिक असर गर्दैन । तर तनाव लामो समयसम्म भइरहेमा यसले नकरात्मक रुप पनि लिनसक्छ । एन्जाइटी, डिप्रेसन जस्ता विभिन्न मानसिक समस्या हुनसक्छ ।

परीक्षाको बेला बालबालिकाले कति तनाव लिन्छन् भन्ने विषयमा अभिभावकको ठूलो भूमिका हुन्छ । उदाहरणका लागि आफ्नो छोराछोरीलाई यति अंक ल्याउनैपर्छ, ए प्लस ल्याउनैपर्छ भन्ने दबाब दिने, फेल भयो भने यस्तो गर्छु भनेर तर्साउने जस्ता मानसिक दबाब दिएमा बच्चामा तनावको दीर्घकालीन असर पर्न सक्छ । तर परीक्षाको बेला अभिभावकले तिनीहरुलाई राम्रो व्यवहार र अनावश्यक तनाव नदिएको खण्डमा दीर्घकालीन मानसिक समस्या हुँदैन ।

सामान्य भाषामा तनावलाई नियमित प्रक्रियामा भएको कुनै पनि परिवर्तनले निम्त्याउने शारीरिक, मानसिक, भावनात्मक तथा व्यावहारिक प्रतिक्रिया भनेर बुझ्नुपर्छ ।

तनावका भावनात्मक लक्षण : छिट्टै रिस उठ्ने, दिक्क लाग्ने, छटपटी हुने, मनमा धेरै कुरा खेल्ने, अरुसँग घुलमिल हुन मन नलाग्ने ।

तनावका शारीरिक लक्षण : अल्छी लाग्ने, आलस्य हुने, टाउको दुख्ने, मांसपेशी दुख्ने, निद्रा नलाग्ने, चिन्ता लागिरहने, दिमागमा कुरा खेलिरहने, ध्यान केन्द्रित गर्न गाह्रो हुने ।

समाधान कसरी गर्ने ?

तनावलाई धेरैले नकारात्मक रुपमा लिन्छन् । कोही त तनाव भयो भनेर आत्तिन्छन् पनि । त्यसैले तनाव भयो भन्दैमा डराउनुपर्दैन । जीवनमा हुने क्षणिक तनाव जस्तै विद्यार्थीलाई परीक्षाको बेला हुने तनावले उनीहरुलाई अघि बढ्न पनि मद्दत गर्छ ।

बालबालिकाले परीक्षाको बेलामा लिएको तनावले पढाइ गर्न प्रोत्साहन मिल्ने, ऊर्जावान् बनाउने र सचेत राख्न मद्दत गर्छ । जस्तै- यति दिन मात्र बाँकी छ है परीक्षा आउन । यसले विद्यार्थीलाई परीक्षाको प्रभावकारी तयारी गर्नमा सहयोग गर्छ र, नतिजा राम्रो आउँछ । त्यसैले उनीहरुलाई परीक्षाको चिन्ता लिए पनि धेरै तनाव नलिन सुझाउनुपर्छ ।

डा. प्रदीप पाण्डे तनाव परीक्षा बालबालिका
डा. प्रदीप पाण्डे
लेखक
डा. प्रदीप पाण्डे
नसा तथा मानसिक रोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ८२२२ एमबीबीएस, एमडी (कन्सल्टेन्ट मनोचिकित्सक), एमडीजीपी (गोल्ड मेडलिस्ट) हाल काठमाडौंस्थित मनमोहन मेडिकल कलेजका विभागीय प्रमुख र ललितपुरस्थित अल्का अस्पतालमा सिनियर कन्सल्टेन्टको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

प्राकृतिक रुपमा पाचनप्रणाली सुधार गर्ने ११ तरिका

प्राकृतिक रुपमा पाचनप्रणाली सुधार गर्ने ११ तरिका

हाम्रा नेताहरु किन अरुलाई घोचपेच र खिसिट्युरी मात्र गर्छन् ?

हाम्रा नेताहरु किन अरुलाई घोचपेच र खिसिट्युरी मात्र गर्छन् ?

वर्षायाममा सागपात खाँदा सावधानी अपनाउनैपर्छ ?

वर्षायाममा सागपात खाँदा सावधानी अपनाउनैपर्छ ?

‘मुगुमा मैले जे देखें, जो नदेख्नुपर्थ्यो’

‘मुगुमा मैले जे देखें, जो नदेख्नुपर्थ्यो’

मलद्वारमा हुने सबै समस्या पायल्स हो ?

मलद्वारमा हुने सबै समस्या पायल्स हो ?

उच्च रक्तचाप : १४ भ्रम र सत्यता

उच्च रक्तचाप : १४ भ्रम र सत्यता