+
+

कुस्ती संघको अध्यक्षमा कुसारी

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ४ गते २०:१९

४ चैत, काठमाडौं । नेपाल कुस्ती संघको अध्यक्षमा प्रकाशकुमार कुसारी चयन भएका छन् ।

संघको साधारण सभाले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य प्रकाशकुमार कुसारीको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति आइतबार निर्विरोध चयन गरेको हो ।

उपाध्यक्षमा मुकेश शाह, सूर्यान्सकुमार चौधरी र निर्मल सिग्देल, महासचिवमा कुस्तीका पूर्वमुख्य प्रशिक्षक खगेन्द्रबहादुर बस्नेत, उपमहासचिवमा साजन अधिकारी, सचिवमा सरोजकुमार कटुवाल र सूर्यनारायण शाह तथा कोषाध्यक्षमा विपुल पौडेल चयन भएका छन् ।

सुदीप केसी, अनिल न्यौपाने, उपेन्द्र श्रेष्ठ, ऐटनकुमार मल्ल, लक्ष्मी उराव र विक्रमसागर पोखरेल सदस्य चयन भए । १–१ वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष र उपमहासचिव, ३ सचिव र ६ सदस्यको मनोनयनपछि केन्द्रीय कार्यसमितिले पूर्णता पाउने अध्यक्ष कुसारीले जानकारी गराए ।

साधारण सभामा केन्द्र, ४ प्रदेश र २२ जिल्लाका ५२ प्रतिनिधिको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?