+
+

आईसीसीका अध्यक्ष बार्कले नेपाल आइपुगे

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ५ गते १७:०७

५ चैत, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष ग्रेग बार्कले सोमबार नेपाल आइपुगेका छन् ।

सोमबार ४ बजे नेपाल आइपुगेका उनलाई नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले स्वागत गरेका थिए । नेपाली क्रिकेट विकास गर्न सहयोग गर्ने उनले बताएका छन् । उनी चैत ८ सम्म नेपालमा बस्नेछन् ।

उनले नेपालमा टीयू र मूलपानी क्रिकेट मैदान भ्रमण गर्नेछन् । त्यस्तै नेपाल भ्रमणमा उनले प्रधानमन्त्री, अर्थमन्त्री र युवा तथा खेलकुद मन्त्रीलाई पनि भेट्ने कार्यक्रम छ । यी सबै सकेर चैत ८ मा फर्किनेछन् । उनी भारतबाट नेपाल आएका हुन् । वुमन्स प्रिमियर लिगको फाइनलमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको फाइनल हेर्न भारत आएका थिए ।

नेपालले २०२७ मा आईसीसी वुमन्स यु-१९ विश्वकप आयोजना गर्दैछ । त्यसको लागि उनले मूलपानी र टीयूको मैदान निरीक्षण गर्नेछन् ।

‘उनले भोलि मैदानको निरिक्षण गर्छन् । भोलि नै प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्ड, अर्थमन्त्री वर्षमान पुन र खेलकुद मन्त्री विराजभक्त श्रेष्ठसँग भेट्ने कार्यक्रम छ’, क्यानका कोषाध्यक्ष पदम खड्काले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?