+
+

भारतीय फिल्मका सबैभन्दा महंगा भिलेन बने ‘केजीएफ’ स्टार यश

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ६ गते १२:०५
फाइल तस्वीर

काठमाडौं । ‘केजीएफ’ र ‘केजीएफ २’ अभिनेता यश अब खलनायक बन्दैछन् । रणवीर कपुर र साई पल्लवी स्टारर फिल्म ‘रामायण’मा उनी रावणको भूमिकामा देखिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो फिल्मलाई दंगल, छिछोरेजस्ता हिट फिल्म बनाएका नितेश तिवारीले निर्देशन गरेका हुन् । यशले यो भूमिकाका लागि १५० करोड भारु पारिश्रमिक लिएका छन् । हिन्दी फिल्मको इतिहासमा खलनायकले लिएको यो पारिश्रमिक अहिलेसम्मकै उच्च हो ।

यश यतिबेला ‘केजीएफ ३’ को छायांकनमा व्यस्त छन् । पहिलो ‘रामायण’बाट बलिउड फिल्मको करिअर पनि थाल्दैछन् ।

यशले रणवीर सिंह, सञ्जय दत्त, कमल हसन, विजय सेतुपति, इमरान हाश्मी र सैफ अली खान जस्ता स्टारको रेकर्ड पनि तोडेका छन् ।

कमल हसन प्रभास, दीपिका पादुकोण र अमिताभ बच्चन स्टारर ‘कल्की २८९८ एडी’मा खलनायकको भूमिकामा देखिनेछन् । यो फिल्मका लागि उनले ३० करोड भारु लिएका छन् ।

यशपछि उनी सबैभन्दा धेरै कमाउने खलनायकको सूचीमा दोस्रो स्थानमा छन् । यो फिल्म ९ मे २०२४ मा रिलिज हुनेछ । साउथका अर्का चर्चित अभिनेता विजयले सन् २०२३ को ब्लकबस्टर फिल्म ‘जवान’मा खलनायक कालीको भूमिकामा निर्वाह गरेका थिए । यो भूमिकाका लागि उनले २१ करोड भारु पारिश्रमिक लिएका थिए ।

सन् २०१८ मा रिलिज भएको फिल्म ‘पद्मावत’का लागि रणवीर सिंहले खलनायकको भूमिका रोजेका थिए जसका लागि उनले १३ करोड भारु पारिश्रमिक लिएका थिए ।

सैफले सन् २०२३ मा रिलिज भएको फिल्म ‘आदिपुरुष’मा रावणको भूमिका निर्वाह गरे । यसका लागि उनले १० करोड पारिश्रमिक लिए । इमरान हासमी पछिल्लो पटक सलमान खानको ‘टाइगर ३’ मा खलनायकको भूमिकामा देखिएका थिए, जसका लागि उनलाई १० करोड पारिश्रमिक दिइएको थियो ।

फिल्म ‘एनिमल’मा बबी देओल मुख्य खलनायक बनेका थिए । फिल्ममा अबरारको भूमिकामा उनलाई निकै रुचाइएको थियो । यो भूमिकाका लागि उनलाई ४-५ करोड भारु पारिश्रमिक दिइएको थियो, जुन उनले यसअघि कुनै पनि फिल्मका लागि पाएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?