+
+

नेसपाले माघमा महाधिवेशन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ६ गते १२:५९

६ चैत, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)ले आगामी माघमा महाधिवेशन गर्ने भएको छ । सोमबार बसेको पूर्ण बैठकले असोजमा विधान अधिवेशन  र माघमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

प्रवक्ता कृष्णप्रसाद शर्माका अनुसार पार्टीको महाधिवेशन प्रत्यक्ष निर्वाचन प्रणालीद्वारा गरिने छ ।

साथै डा. बाबुराम भट्टराई नेतृत्वमा राष्ट्रिय महाधिवेशन आयोजक समिति बनाएको छ भने पार्टीको प्रदेश र स्थानीय समितिलाई अधिवेशन आयोजक समितिमा रुपान्तरण गरिएको छ ।

महाधिवेशन अगाडि २०८१ वैशाखदेखि भदौसम्म पार्टी निर्माण र संगठन विस्तार अभियमान सञ्चालन गर्ने निर्णय समेत भएको छ । कात्तिकदेखि पुरसम्म स्थानीय तह र प्रदेशको अधिवेशन गर्ने समेत नेसपाको निर्णय छ ।

बैठकले माओवादी केन्द्रसँग एकताको सहमति गर्ने अर्का अध्यक्ष महेन्द्र  राय यादव सहितका नेताहरुलाई पदमुक्त गर्ने निर्णय गरेको छ । साथै पार्टी एकता ध्रुवीकरण संयोजन समिति समेत भंग गरिएको प्रवक्ता शर्माले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?