+
+

अर्थमन्त्रीले विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामा उठेका प्रश्नको जवाफ दिँदै

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ७ गते १०:३८

७ चैत, काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक आज बस्दै छन् । प्रतिनिधि सभाको बैठक ११ बजे र राष्ट्रिय सभाको बैठक सवा ११ बजे बस्न लागेको हो ।

प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामा उठेका प्रश्नमा जवाफ दिने सम्भावित कार्यसूची छ । बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि चैत १ गतेदेखि छलफल सुरु भएको थियो ।

अर्थमन्त्री पुनले सांसदहरुले उठाएका प्रश्नमा जवाफ दिएपछि संसदले सांसदहरुको सुझाव समेटेर प्रतिवेदन बनाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा पठाइने संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

बुधबारको सम्भावित कार्यसूचीमा ऊर्जा तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यसैगरी कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहको प्रस्तावमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०८० लाई पारित गर्ने सम्भावित कार्यसूची समेत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?