+
+

आज प्रतिनिधि सभा बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २४ गते ८:४६

२४ फागुन, काठमाडौं । आज प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक बिहान ११ बजेका लागि तय भएको छ ।

आजको बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।

यसका साथै महिला तथा सामाजिक मामिला समितिका सभापति किररणकुमार साहले समितिको वार्षिक प्रतिवेदन पेस गर्ने छन् ।

यसअघि २१ गतेका लागि तय भएको बैठक सत्ता समीकरण बदलिएपछि सूचना टाँस गरेर स्थगित गरिएको थियो ।

नयाँ गठबन्धन बनेपछि संसदको कार्यसूची पनि प्रभावित भएको छ । २१ गतेकै बैठकमा आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल गर्ने तयारी गरिए पनि पछि सरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?