+
+

संसदमा बोल्न नपाएपछि तोसिमाले फेसबुकमा लेखिन्- सांसदले बोल्नुपर्ने सहकारी र सुनमात्र हो ?

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ७ गते १३:५४

७ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले संसद्‌मा बोल्न नपाएको गुनासो गरेकी छन् ।

बुधबारको प्रतिनिधि सभा बैठकमा सांसद कार्कीले आकस्मिक समय माग गरेकी थिइन् । तर सभामुख देवराज घिमिरेले आफूले समय नदिएको र सभामुखबाट समय नपाइ बोल्न नपाइने भनी उनलाई बस्न आग्रह गरेका थिए ।

प्रतिनिधि सभा नियमावलीमा ढ्यापढ्याप गरेर आकस्मिक समय माग गर्ने व्यवस्था रहेको र त्यसअनुसार आफूले समय माग गर्दा नपाएको भन्दै उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेकी छन् ।

उनले फेसबुकमा लेखेकी छन्, ‘नियमावली अनुसार संसद्‌मा ढ्यापढ्याप गरेर आकस्मिक समय माग गर्ने व्यवस्था छ । प्रत्यक्ष भेटेरै पनि समय माग गर्न सकिन्छ । मैले दुवै प्रक्रियामार्फत आकस्मिक समय माग गरेँ । तर दिइएन ।’

संसद्‌मा पछिल्लो समय भइराखेको बहसप्रति समेत उनले प्रश्न उठाएकी छन् । ‘संसद्‌मा बोल्नुपर्ने कुरा के हो ? सहकारी र सुनमात्र हो ? एकअर्कामाथि छेडखानी मात्र ?’ उनको प्रश्न छ ।

काठमाडौंका वीर अस्पताल, पाटन, कान्ति, टिचिङलगायत अस्पतालमा आमनागरिकले आईसीयू पाएका छैनन् । जसको कारण बिरामीहरूले ज्यान गुमाउनु परेको उल्लेख गर्दै उनले यही विषय संसद्‌मा बोल्न खोजेको बताएकी छन् । उनी लेख्छिन्, ‘…अस्पतालमा आईसीयू पाइएन भन्दै आम नागरिकको रोदन छ । बिरामीहरूले ज्यान गुमाउनुपरेको छ । परिवारमा पर्ने दुःख भनिनसक्नु छ तर केही अस्पतालका आईसीयू खाली छन् । यसबारेमा संसद्‌मा बोल्न समय पाइँदैन ।’

आईसीयू नपाएका बिरामीहरूको बिजोग रहेको र स्थिति दिनानुदिन गम्भीर हुँदै गएको उल्लेख गर्दै उनले समाधानका बारेमा संसद्ले निर्देशन दिन आवश्यक रहेको बताएकी छन् ।

‘केही दिनअघि र आज निरन्तर आकस्मिक समय माग गरिरहँदा पनि पाइएन’ उनले लेखेकी छन्, ‘दिनदिनै डरलाग्दो भइरहेको यो स्थितिको गाम्भीर्यता र आकस्मिकताको मनन् नभएकोमा दुःख लाग्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?