+
+

प्रतिनिधि र राष्ट्रिय सभाको बैठक एकै पटक राख्दा समय मिलाउन सकिनँः अर्थमन्त्री पुन

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ७ गते १४:३०

७ चैत, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि र राष्ट्रिय सभाको बैठक एकै पटक राख्दा आफूलाई समय मिलाउन अप्ठ्यारो भएको बताएका छन् ।

बुधबार राष्ट्रिय सभाको बैठकमा प्रि–बजेट छलफलमा उठेका प्रश्नको जवाफ दिन रोष्ट्रम पुगेका अर्थमन्त्री पुनले यस्तो गुनासो गरेका हुन् ।

दुवै सभाको बैठकमा प्रि–बजेट छलफल भइरहेको छ । यसले गर्दा एउटा हाउसमा भएको छलफल सुन्दा अर्को हाउसको छुटाउनुपरेको उनले बताए ।

‘राष्ट्रिय सभामा भएको बहस सुन्न, सहभागी हुन र टिपोट गर्न केही व्यावहारिक कठिनाइ भयो । म प्रतिनिधि सभामा थिएँ । राष्ट्रिय सभा आउन निस्केको थिएँ खोजी भएपछि बाटोबाटै उतै फर्किएँ’ अर्थमन्त्री पुनले भने ।

आगामी दिनमा यसरी एकै समयमा दुई वटा सभाको बैठक नबस्ने गरी मिलाउन पनि उनले संघीय संसद् सचिवालयको ध्यानाकर्षण गराएका छन् ।

प्रि–बजेट छलफलमा अर्थमन्त्री सहभागी नभएको भन्दै प्रतिनिधि सभामा राप्रपा सांसद बिना लामाले प्रश्न उठाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?