+
+

बैंक तथा वित्तीय संस्था ऐन संशोधन विधेयक संसदमा दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ८ गते १३:५९

८ चैत, काठमाडौं । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले विधेयक दर्ता गरेका हुन् । उनका अनुसार संविधान बमोजिम तीन वटै तहका सरकारको वित्तीय अधिकारलाई व्यवस्थित रुपमा कार्यान्वयन गर्नका लागि प्रचलित ऐन संशोधन गर्न लागिएको हो ।

यो विधेयक संसदमा पेश गर्न अर्थ मन्त्रालयलाई २५ माघ २०८० मा बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृति दिएको थियो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विकसित वित्तीय प्रणाली, वित्तीय औजार, वित्तीय सुरक्षा, वित्तीय जोखिम समेतका आधारमा बैंक तथा वित्तीय संस्थाको प्रभावकारी व्यवस्थापन एवम् नियमन गर्ने विधेयकको उद्देश्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?